रास्वपा काठमाडाैं महानगर वडा नं. १२ को सभापतिमा राजकुमार महर्जन, सचिवमा रिकेश महर्जन

Thankot Times

थानकोट । 

राजकुमार महर्जन राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैं महानगरपालिका वडा नं. १२ को सभापति चयन भएका छन् । 

बुधबार आयोजित सो पार्टीको प्रथम वडा अधिवेशनले महर्जनको नेतृत्वमा आठ सदस्यीय वडा कमिटि गठन गरेको हो । 

जसअनुसार उपसभापतिमा सोनिका महर्जन, सचिवमा रिकेश महर्जन निर्वाचित भएका छन् । यस्तै सदस्यमा भने क्रमश रमेश महर्जन, विनोद डंगोल्, लक्ष्मी महर्जन, अनिस महर्जन र विजय प्रधान रहेका छन् । 

रास्वपा केन्द्रीय निर्वाचन विभागको निर्देशन अनुसार तय गरिएको कार्यविधि अपनाई वडा कार्यसमिति गठन गरिएको सो पार्टीका गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेल (प्रभुराम) ले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *