आज दुईवटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ । 

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *