गणतन्त्र दिवस समारोह: काठमाडौं महानगरका प्रमुखकाे नाम हटाइयो, उपप्रमुखकाे थपियाे

Thankot Times

थानकोट ।

सरकारले गणतन्त्र दिवस मूल समारोह समितिको जिम्मेवारीबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई हटाएको छ।

बालेनको ठाउँमा महानगरका उपप्रमुख सुनिता डंगोललाई जिम्मेवारी दिइएको छ।

मूल समारोह समिति गठनको बैठकका क्रममा बालेन नपुगेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नामका लागि नाम नराख्नका लागि निर्देशन दिएका थिए।

सोही अनुसार समितिमा बालेनलाई नराखिएको नामावली गृहसचिव गोकर्णमणि दुवाडी तयार पारेका छन्।

जबकि मूल समारोह समितिमा काठमाडौं महानगरपालिकाका प्रमुखसहित विभिन्न उपसमितिमा महानगरका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *