जेठ १५ को राजसंस्था समर्थन आन्दोलन अघि चन्द्रागिरिमा राप्रपाको घरदैलो अभियान

Thankot Times

थानकोट ।

राज संस्थाका पक्षधरहरुले यही जेष्ठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन सफल बनाउन काठमाडौमा घरदैलो अभियान शुरु गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका राप्रपाका नेता र कार्यकर्ताहरु अहिले राजधानीमा घरदैलो अभियानमा लागेका हुन् ।

चन्द्रागिरि नगरमा समेत सो दलका नेता कार्यकर्ताहरू माइकिङ र पर्चासहित घरघरमा पुगिरहेका छन् ।

घरघरमा पुगेर उनीहरूले आन्दोलनका बारेमा जानकारी गराइरहेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *