नेपाल तरुण दल मध्यपुर थिमी नगर अध्यक्षमा सविन डंगोल निर्वाचित

Thankot Times

थानकोट ।

भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिकाको तरुण दल अध्यक्षमा सविन डंगोल निर्वाचित भएका छन् ।

डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका छन् ।

अधिवेशनबाट सचिवमा सेचेन्द्र सुवेदी निर्वाचित भए भने चार सदस्यमा अनिल प्रजापति, स्वयं श्रेष्ठ, अजय प्रजापति र नविन चक्रधर चुनिएका छन् ।

महिला सदस्यमा सुनिता घटानी निर्वाचित भइन् भने दलित पुरुषतर्फ संग्राम कोइराला सार्की निर्वाचित भए ।

फरक क्षमता भएकाबाट एक जना जिल्ला प्रतिनिधि छानिँदा चकरा होना चुनिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *