नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढ्यो
थानकोट ।
बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८ सय बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८ सय कायम भएको छ ।
मंगलबार उक्त परिणामको सुन दुई लाख ९१ हजारमा कारोबार भएको थियो ।
यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।










