फेरि पक्राउ परे दुर्गा प्रसाईं
थानकोट ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।
वीरगञ्जमा भोलि उनको अभियानको कार्यक्रम थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।










