नेपालको ३३औँ प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त

Thankot Times

थानकोट ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा नेपालको ३३औँ प्रधान न्यायाधीशको जिम्मेवारीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार पदमा नियुक्त गर्दै औपचारिक रूपमा न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सुम्पिएका हुन्।

नवनियुक्त प्रधान न्यायाधीश शर्माले त्यसपछि राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई राष्ट्रपति पौडेलले नै शपथ गराएका थिए।

शपथ ग्रहण समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित विभिन्न संवैधानिक तथा प्रशासनिक निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *