नागढुङ्गा सुरुङ मार्ग आयोजनाका लागि धुनिबेशीमा जग्गा अधिग्रहण प्रक्रिया सुरु (सूचीसहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गाधनीहरूलाई मुआब्जा दाबी गर्न ३५ दिने म्याद दिएको छ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिम खण्डमा हुनसक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो।

मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १२ र २४ को निर्णय अनुसार धादिङको धुनिबेशी नगरपालिका वडा नं. ९ मा पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागिएको हो।

नागढुङ्गा सुरुङ मार्गका लागि धुनिवेशीमा ९ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

जग्गाधनीहरूले आफ्नो हकदाबी वा भोगचलन सम्बन्धी आवश्यक प्रमाण, निस्सा र कागजपत्र सहित जिल्ला प्रशासन कार्यालय, धादिङमा रीतपूर्वकको निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको म्यादभित्र निवेदन नदिएमा कानुन बमोजिम हुने र पछि कुनै पनि उजुरबाजुर नलाग्ने प्रशासनले प्रष्ट पारेको छ।
धुनिबेशी नगरपालिका वडा नं. ९ का अकल बहादुर तामाङ, सुन बिर तामाङ, गोविन्द बहादुर गुरुङ लामा, कुमार तामाङ र रविन तामाङको नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू अधिग्रहण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ