रास्वपा सभापति रवी लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।
चितवनमा असार ७, ८ र ९ गते हुने महाधिवेशनका निम्ति मूल आयोजक समिति गठन गरिएको हो ।
समितिमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपीनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाललगायत केन्द्रीय समिति सदस्य र प्रदेश सभापतिहरू सदस्य छन् ।












