जडीबुटीमा गोली चल्यो, समातिए गणेश कार्की, ट्रमा सेन्टरमा उपचार हुँदै

Thankot Times

थानकोट ।

काठमाण्डौको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।

जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् ।

उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।

त्यही घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एक जनालाई बेलुकी जडीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ