१ हजार ७७३ जना सवारीचालकमाथि ट्राफिक कारबाही

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा १ हजार ७७३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा ६ लाख ४४ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड शेयरिङ’ गरेका ११८, संकेत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।

फाइल फोटो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ