आजदेखि मलमास सकिंदै, मत्स्यनारायणमा लागिरहेको पनि समापन हुँदै

Thankot Times

थानकोट ।

मलमास अर्थात् अधिकमास आज सोमबारदेखि सकिंदैछ ।

गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो ।

हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ ।

यस अवसरमा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ ।

मेलाको आज अन्तिम दिन हो ।

यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।

मलमासका कारण रोकिएका धार्मिक तथा साँस्कृतिक कार्यक्रम भोलिदेखि असार २ गतेदेखि शुरु हुँदैछन् ।

पर्सि बुधबार रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्याउने तयारी छ ।

आज सोमबारे औँसी पनि मनाइँदैछ ।

सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ