सुनको मूल्य एकैदिन तोलामा साढे १० हजारले घट्यो
थानकोट ।
नेपाली बजारमा शुक्रबार (असार ५) सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १० हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
हिजो बिहीबार (असार ४) छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला चार हजार ६ सय ४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।











