एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा काठमाडौँमा, प्रधानमन्त्री बालेनसँग भेट्दै

Thankot Times

थानकोट ।

एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् ।

आइतबार राति १० बजे काठमाडौँ आइपुगेका हुन् ।

उनलाई अर्थ सचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका गरेका थिए ।

अध्यक्ष कान्डाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कान्डा प्रधानमन्त्री बालेनले औपचारिकरुपमा भेट गर्ने पहिलो विदेश पाहुना हुने छन्।

एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *