नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको हो ।
आज सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी ५५ रुपैयाँले बढ्को छ ।
मंगलबार ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ४ सय १५ रुपैयाँ रहेको छ ।









