वडा सदस्यको घरमा ४ सय बोरा रसायनिक मल फेला परेपछि….

Thankot Times

थानकोट ।

धनुषाको धनुषाधाम नगरपालिका–५, नौसय बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक डीएपी मल बरामद गरेको छ ।

वडा सदस्य साहले लुकाइछिपाइ डीएपी मल घरमा भण्डारण गरी रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी नौसय बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डीएपी मल बरामद गरेको हो ।

वडा सदस्य साहको घरबाट बरामद भएको उक्त रासायनिक मलको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरी इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ ।

वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ