नेकपाबाट सुदूरपश्चिममा खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने

Thankot Times

थानकोट ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने भएको छ ।

शनिबार एमाले-नेकपाबीच कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएकाे हाे ।

साेही सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णाली प्रदेशमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

उनीहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने बताइएको छ ।

हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् ।

दुई दलबीच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटे सँगै अब सुदूरपश्चिम र कर्णालीको सरकार पनि नयाँ बन्ने भएको हो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार मात्रै पदबाट राजीनामा दिएका हुन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ