दोषीलाई कारबाही गर्न नेता कुलमान घिसिङको माग

थानकोट ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

पूर्वमन्त्री घिसिङले शनिबार (भदौ ६) विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराएकी बालिकाको शव यही भदौ २ मा सोही स्थानको एउटा घरमा भेटिएको थियो । बालिकाको करणीपछि हत्या भएको प्रहरीले जनाएको छ ।

यो जघन्य अपराधबाट समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै उज्यालो नेपालले पीडितलाई न्याय दिन माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *