केही स्थानमा भारी वर्षाको पूर्वानुमान, अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

बिहान कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । बिहान मौसम केही सफा नै रहनेछ,” मौसमविद् लामिछानेले भने, “अपराह्नपछि काठमाडौंमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *