आज जेन-जी शहीद दिवस, देशभर सार्वजनिक बिदा
थानकोट ।
आज जेन-जी शहीद दिवस मनाइँदै छ ।
गत २३ भदौको जेन-जी विद्रोहले राजनीतिक उथलपुथल भएको थियो ।
आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
यही १८ भदौको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।










