भोलि शुक्रबार चन्द्रागिरिका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि ७ घण्टा बिजुली अवरुद्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न क्षेत्रम भोलि शुक्रबार लगातार ७ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार थानकोट फिडरअन्तर्गत गुर्जुधारा सानो मन्दिर क्षेत्रमा हाइटेन्सन तारको स्तरोन्नति गर्ने कार्यका लागि उक्त फिडर सटडाउन हुनेछ ।
जसका कारण गुर्जुधारा, यातायात कार्यालय, दाउरा डिपो, हाइभिजन कोलोनी, चेकपोष्ट, नेपाल आयल निगमको डिपो वरपरका क्षेत्र, बलम्बुस्थित पशुविकास कार्यालय, गोकुल पाटी, चुनदेवी, गैरी गाउँ, खहरे, दहचोक लगायतका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली सेवा अवरुद्ध हुनेछ ।
साथै पूर्वनिर्धारित उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।










