प्याराडाइज रिडर्स एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार सहयोग
थानकोट ।
तीनथानास्थित प्याराडाइज रिडर्स एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि सो रकम सहयोग गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय परिवारका तर्फबाट सोमबार सो रकम कोषमा जम्मा गरिएको विद्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
उक्त सहयोग प्याब्सन काठमाडाैं कल्याणकारी कोषमार्फत बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको हो।










