नेपाली बजारमा सुनको भाउ घट्यो
थानकोट ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज बुधबार बजारमा सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीसँगले जनाएको छ ।
हिजो (मंगलबार) सुन २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।










