राप्रपा काठमाडाैं जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक, उद्घाटन भदाै २८ गते

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडाैं जिल्ला अधिवेशन भदाै २८ गतेका हुने भएको छ ।

सो पार्टीका काठमाडाैं जिल्ला अध्यक्ष रामकुमार बस्नेतका अनुसार भोलि भदाै २७ गते शनिबार बिहान ८ बजे मतदाताको नामावली प्रकाशित गरिनेछ ।
काठमाडाैंको अर्पण पार्टी प्यालेसमा बिहान ८ बजे अधिवेशन उद्घाटन भएसँगै सोही दिन नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ ।

हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लाको अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ । राप्रपाले यसअघि नै आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ ।

पार्टीले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको थियो । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार हालसम्म ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुरमा जिल्ला अधिवेशन सम्पन्न भएको छ

चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशनको मिति तय भइसकेको छ । भदौ २५ गते (आज) कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन हुँदै छ ।

राप्रपाले स्थानीय तह हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको हो । पार्टीले सबै स्थानीय तह र जिल्लामा अधिवेशन उत्साहजनक रूपमा भइरहेको दाबी गरेको छ । महाधिवेशनको तयारीसँगै जिल्ला तहमा नेतृत्व चयन तथा संगठन पुनर्गठनको प्रक्रिया अघि बढिरहेको पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ