बागमती प्रदेशका केही स्थानमा आज सोमबार भारी वर्षा हुने सम्भावना

Thankot Times

थानकोट ।

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । भारी वर्षाको समेत पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  देशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ