ग्यास सिलिण्डर बोकेको ट्रक थानकोट चेकपोष्टमा पल्टियो, चालकको मृत्यु
थानकोट ।
ओम ग्यास लोड गरेर काठमाडाैंतर्फ आउँदै गरेको ट्रक सोमबार साँझ थानकोट चेकपोष्टनजिकै पल्टँदा घाइते भएका ट्रक चालकको उपचारका क्रममा ज्यान गएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार सो ट्रकका चालक महोत्तरी जिल्ला बर्दिवास नगरपालिका घर भएका अन्दाजी ५० वर्षका पूर्ण बहादुर कार्कीको उपचारका क्रममा पाटन अस्पतालमा राति पाैने १२ बजे मृत्यु भएको हो ।
बागमती प्रदेश ०८ ००१ ख ०३९७ नम्बरको उक्त ट्रक दुर्घटनाभएपछि सडकमा भरि सिलिण्डर ग्यास छरिएको थियो, पछि प्रहरी र स्थानीयले उक्त ग्यास सिलिण्डर एकतृत गरेर सम्बन्धित पक्षलाई बुझाएका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।










