आउँदो फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेकाे छ। का कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी भइरहेको आयोगका आयुक्त राजीव सुब्बाले बताए ।

सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ ।

आयोगले आफ्नोतर्फबाट आवश्यक तयारी अघि बढाइसकेको र अब सरकारसँग निर्वाचनसम्बन्धी आवश्यक समन्वय गर्न बाँकी रहेको उनको भनाइ छ।

उनका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ अन्तर्गतको व्यवस्थाअनुसार गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने हुन्छ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *