मुलपानीबाट थानकोट आउँदै गरेको यात्रु बसमा आगलागी, चालकको अवस्था गम्भीर
थानकोट ।
सोमबार दिउँसो त्रिपुरेश्वरमा आगलागी भएको बस मूलपानी-थानकोट रुटमा गुड्ने गरेको विवरण सार्वजनिक भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार, ऋद्धिसिद्धि यातायातको उक्त बस मूलपानी-थानकोट रुटमा चल्ने गरेको हो ।
बा. ५ ख. ४२७४ नम्बरको गाडीमा आगलागी भएको सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार गाडीमा आगो लाग्दा बसमा २५ वर्षीय चालक दावा लामा मात्र थिए ।
उनी पनि घाइते भएका र उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए ।
अहिले चालकको कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको छ, चिकित्सकहरूका अनुसार उनको शरिरको अधिकांश भाग जलेको छ । चालक लामाको अवस्था गम्भीर छ ।














