ठूलो परिमाणमा भेपसहित बरामद, सतुङ्गल बस्ने एकसहित चार जना पक्राउ
थानकोट ।
नेपाल प्रहरीले अवैध विद्युतीय चुरोट (भेप)सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चावहिल बस्ने पूर्णलाल श्रेष्ठ, सतुङ्गल बस्ने शुभम गुप्ता, महाराजगञ्ज बस्ने राजन मोक्तान र च्यासल बस्ने सक्षम श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यकाको विभिन्न वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका-६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतीय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।














