लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट सानेपाबाट पक्राउ
थानकोट ।
लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भट्टलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनाएकाे छ ।
भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।














