नागढुङ्गाबाट समातिए धादिङका युवा

Thankot Times

थानकोट ।

नागढुङ्गा नाकबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेकपोस्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गरिएको थियो।

प्र.१-०२-००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा धादिङका जोनाम लामाको साथबाट प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लामालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *