नेपाली काँग्रेस (शेरबहादुर देउवा पक्षधर) चन्द्रागिरि नगर सभापतिमा श्रीकृष्ण खत्री सर्वसम्मत चयन
थानकोट ।
नेपाली काँग्रेस (शेरबहादुर देउवा पक्षधर) चन्द्रागिरि नगर सभापतिमा श्रीकृष्ण खत्री सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न नेपाली काँग्रेसको नियमित महाधिवेशनबाट खत्रीको नेतृत्वमा ३७ सदस्यीय नगर कमिटि सर्वसम्मच चयन गरिएको बताइएको छ ।
खत्री चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापका बहालवाला वडाध्यक्ष हुन् ।
सो पार्टीको चन्द्रागिरि नगरपालिका उपसभापति मन्दिरा श्रेष्ठ र सुरेश महर्जन, सचिवमा दिपक बोहरा र रोशन श्रेष्ठ, सहसचिव सीमा बोहरा र सुर्यमान महर्जन सर्वसम्मत चयन भएका छन् । यस्तै नगरका हरेक वडाबाट समान २-२ जना सदस्य नगर सदस्यका रूपमा चयन भएका छन् ।
चन्द्रागिरि नगरको सभापति निर्वाचित भएपछि थानकोट टाईम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै खत्रीले अबका दिन नगरमा नेपाली काँग्रेसलाई थप मजबुद गराउन र बीपी कोइरालाबाट प्रतिपादित सिद्धान्त र निष्ठा कायम राख्न भरमग्दूर प्रयास हुने बताए ।













