कलङ्कीस्थित सांसद उर्मिला थपलियाको डेरामा चोरी, ३ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको छ ।

परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर आरोपीहरूले उनको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेका हुन् ।

घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद हुन् ।

चोरीमा संलग्न आरोपमा ३ जना सशङ्कितहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनले भने– ‘चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौँ, सोधपुछ हुँदैछ ।’

कात्तिक ६ मा कलङ्कीमा रहेको नीरज नेपालको घरमा पनि चोरी भएको थियो ।
नेपालको घरबाट १३९ तोला चाँदी, १ तोला सुन र १० हजार नगद चोरी भएको हो । दुई वटै चोरीमा संलग्न समूह एउटै भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
दुई वटै चोरीमा एउटै समूह संलग्न देखिएको एसएसपी घिमिरेले बताए । चोरीमा संलग्नहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । आरोपीहरूलाई काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *