नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित
थानकोट ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलाे जित दर्ता गरेकाे छ ।
बुधबार साँझ सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेकाे हाे ।
जितका लागि पोखराले दिएकाे १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर १ सय ४८ रन बनायाे । कप्तान दीपेन्द्रसिंह ऐरी ५१ रन बनाएर नटआउट रहे । उनले ३६ बलमा चार चाैका र २ छक्का प्रहार गरे ।
यस्तै, इशान पाण्डे ३१ बलमा ३७ रन बनाएर आउट भए । सैफ जैब १५ रन बनाएर रनआउट भए । पाेखराका लागि धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले एकएक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियाे ।
पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक–एक विकेट हात पारे ।
याे जितसँगै सुदूरपश्चिमले जितसँगै २ अंक बटुलेको छ । सुदूरपश्चिम उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।














