नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: आज पोखरा र सुदूरपश्चिमबीच खेल हुने
थानकोट ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।
सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।
आज एकमात्र खेल हुने तालिका छ ।
पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।
उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।














