नेपालका दुवै टोलीले एसिया रग्बी यू-२० सेभेन्स खेल्ने

Thankot Times

थानकोट ।

नेपालले भारतको ओडिशास्थित भुवनेश्वरमा हुने एसिया रग्बी एमिरेट्स यू–२० सेभेन्स प्रतियोगिता २०२६ मा महिला र पुरुष दुवै विधामा सहभागिता जनाउने भएको छ ।

प्रतियोगिता आगामी नोभेम्बर १४ र १५ मा भारतको कलिंगा रंगशालामा हुनेछ । प्रतियोगिताको पुरुषतर्फ नेपालसहित पाँच राष्ट छन् । जसमा चाइनिज ताइपेई, उज्बेकिस्तान, भारत र हङकङ छन् ।

नेपालको कप्तानी मनोज ताम्राकारले गर्नेछन् । त्यसैगरी महिलातर्फ नेपालसहित चार राष्ट्र सहभागी छन् । जसमा नेपाल, भारत, श्रीलंका र सिंगापुर छन् ।

महिला टोलीको कप्तानी भने मनिषा घिसिङले गर्नेछिन् । महिला टोलीको मुख्य प्रशिक्षकमा श्रीराम श्रेष्ठ रहेका छन् । त्यस्तै, रञ्जित साह व्यवस्थापक र देवन थापा फिजियोका रूपमा टोलीसँग रहनेछन् ।

एसियालीस्तरको यस प्रतियोगिता नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर हुनेछ । महिला र पुरुष दुवै टोलीको सहभागिताले नेपाली रग्बीको विकास तथा युवा खेलाडीको क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *