थानकोट-चित्लाङ १६ किलोमिटर क्रश कन्ट्री दाैडमा कीर्तिपुरका धर्म महर्जन पहिलो

Thankot Times

थानकोट ।

बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजना शनिबार सम्पन्न थानकोट-चित्लाङ क्रश कन्ट्री दाैड प्रतियोगितामा कीर्तिपुरका धर्म महर्जन पहिलो भएका छन् ।

निर्धारित १० माइल दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै कीर्तिपुरका धर्म महर्जनले प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका-०४ थानकोट कोतघरबाट सुरु भएको दाैड मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङ पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा २५० भन्दा धेरै धावकहरूले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *