चेकपोस्टनजिकै मोटरसाइकल दुर्घटना, तीन जना घाइते
थानकोट।
कलंकी-नागढुङ्गा सडक खण्डअन्तर्गत थानकोट चेकपोस्टनजिकै मंगलबार साँझ भएको सडक दुर्घटनामा तीन जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
प्रहरी वृत्त थानकोटले दुर्घटनाका बारेमा विवरण संकलन भइरहेको जनाएको छ ।
घाइते तीन जनालाई अस्पताल लगिएको प्रहरीको भनाइ छ।
एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा परेको मोटरसाइकल र घाइते हुनेहरुको पहिचान सार्वजनिक भइसकेको छैन् ।











