सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *