सहकारीहरूलाई पुसभित्र साधारणसभा सक्न काठमाण्डाै निर्देशन

Thankot Times

थानकोट ।

काठमाडौं महागरपालिकाभित्रका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न महानगरले निर्देशन दिएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिकाभित्रको सहकारी विभागमा अनिवार्य बुझाउनुपर्ने पनि बताएको छ ।

विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न समेत सहकारी संस्थाहरुलाई सूचित गरेको छ । यसका साथै, काठमाडौं महानगरपालिका कार्यक्षेत्र भएका सहकारीले गणपूरक संख्या (५१ प्रतिशत) पुर्‍याएर मात्र साधारणसभा गर्नुपर्ने, साधारणसभामा भाषणभन्दा बढी एजेन्डामा केन्द्रित गर्न समेत सूचित गरेको छ । सबै प्रतिवेदनमाथि साधारण सदस्यबीच पर्याप्त छलफल गराएर मात्र प्रतिवेदन पास गर्न समेत महानगरले निर्देशन दिएको छ ।

संस्थाको चालू आ.व.को बजेट, नीति तथा कार्यक्रम समेत साधारणसभाबाटै अनुमोदन गराउनुपर्ने तथा महानगरभित्र सञ्चालित सहकारीले तोकिएका शर्त नमानेमा विघटन र दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *