एक तोलामा सात सयले घट्यो सुनको मूल्य
थानकोट ।
नेपाली बजारमा साताको चौथो दिन सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको छ।
बुधबार छापावाल सुनको मूल्य ७ सयले घटेर तोलको ९२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ७ सय घटेर ९२ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १० रूपैयाँले गिरावट आएको छ।
बुधबार चाँदी १ हजार १ सय ७५ रूपैयाँ तोलामा कारोबार हुनेछ।












