आज दिउँसो चट्याङसहित वर्षाकाे सम्भावना

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भूभागमा अवस्थित रहेको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै  सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली  रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली  रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *