बझाङ केन्द्रबिन्दु भएर ५.४ म्याग्नेच्युडको भूकम्प गयाे
थानकोट । बझाङ केन्द्रबिन्दु भएर शनिबार बेलुकी भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुकी ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस भएको थियो ।यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनाहरुमा क्षति पुगेको थियो ।
पछिल्लो समय सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुश भएको छ ।














