चुनावको मुखैमा केबलकारको भाडा वृद्धि, चुनावी खर्च उठाउन खोजेको आरोप

Thankot Times

थानकोट । 

मुलुककै तेश्रो केबलकार सेवा प्रदायक कालिञ्चोक केबलकारको भाडा बढेको छ । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि दोलखाको कालिञ्चोकमा रहेको केबलकारको भाडा बढाएको हो । पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत बढाएर प्रतिव्यक्ति ६ सय पुर्‍याएको छ । जसले कालिञ्चोक घुम्न जाने पर्यटकहरूमा नकारात्मक असर पुर्याएको छ ।

प्रतिनिधि सभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्षसमेत हुन् । पैसाले नै मतदाता खरिद गर्न सकिन्छ भन्ने उद्देश्यले चुनाव खर्चका लागि केबलकारको भाडा बढाएका हुन् ।

४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैं अघिदेखि १०० रुपैयाँ बढेको छ ।

कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर मात्र रहेको छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो । मनकामना ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ भाडा छ ।

कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरु बढेका छन् । तर भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरुमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।

२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भनेर हिँडेरै मन्दिर जान थालेका छन् ।

केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सिमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।

जग्गा सम्बन्धि विवाद अख्तियारले छानविन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *