जनकपुरको रेल सेवा चार दिन बन्द हुने
थानकोट ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर-जयनगर (नेपाल-भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो ।
चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।














