९० म्यादी प्रहरी कारबाहीमा

Thankot Times

थानकोट । 

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । 

“आचारसंहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक-पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।” प्रवक्ता राईका अनुसार  कारवाही पर्नेमा प्रदेश नं १ मा ४८, काठमाडौं उपत्यकामा एक  र बागमती प्रदेशमा पाँच रहेका छन्  । 

त्यसै गरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् ।

काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् ।

यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ