यी हुन काठमाण्डाैका १० मतगणना स्थलहरू, आजैबाट मतगणना सुरु हुने

Thankot Times

थानकोट । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको छ। अहिले मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा पुर्याउने कार्य जारी रहेको छ ।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक-फरक १० ठाउँमा हुनेछन् । यसअघि सबै क्षेत्रको मतगणना एकै स्थानमा भएको थियो 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौं क्षेत्र नं. १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ ।

क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा हुनेछ भने  क्षेत्र नम्बर ३ को मतगणना चामुण्डा स्कुल जोरपाटीमा हुनेछ ।

त्यस्तै, क्षेत्र नम्बर ४ को मतगणना चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा हुनेछ भने क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।

त्यस्तै काठमाण्डाै क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुस्थित गितामाता स्कुलमा हुनेछ भने क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी भट्टराईले मतपेटिका संकलनको काम भइरहेको भन्दै प्रक्रिया पूरा गरी आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको बताए । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ