काठमाडौंमा भएका दुर्घटनामा २ जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृतक पुरुषको सनाखत हुन बाँकी छ ।

मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ