मतगणना जारी, ‘महापुरूष’ फिल्म हेर्न गए गगन थापा

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा फिल्म हेर्न हल पुगेका छन् । 

उनको निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा उनी श्रीमतीसँग दरबारमार्गस्थित ‘दरबार सिनेम्याक्स’मा फिल्म हेर्न गएका हुन् । 

उनी दिउँसो साढे २ बजेको शोमा महापुरूष फिल्म हेर्न गएका हुन् । 

‘धेरै दिनको दौडधुपपछि आजको फुर्सद’ लेख्दै गगनले फेसबुकमा फिल्म हल परिसरमा खिचेको तस्वीर शेयर गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *